×

NMB BANK
NIC ASIA

पूर्वबजेट छलफलका लागि नियम निलम्बन गर्ने तयारी

बैशाख २८, २०७९

NTC
Premier Steels

 आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) सदनमा छलफल गराउन प्रतिनिधि सभाको नियमावली निलम्बनको तयारी गरिएको छ ।

Muktinath Bank

जेठमा अधिवेशन आह्वान भएपछि प्रतिनिधि सभा नियमावलीले तोकेको बजेट पेसको १५ दिनअघि छलफल गरिसक्नुपर्ने व्यवस्था निलम्बनको तयारी गरिएको हो । सरकारसँगको परामर्शमा सङ्घीय संसद् सचिवालयले नियम निलम्बनसहितको आन्तरिक कार्यतालिका तय गरेको हो । अधिवेशन जेठ ३ गतेदेखि प्रारम्भ हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा नियमावलीको नियम १४२(४)ले सदनमा बजेट पेसभन्दा कम्तीमा १५ दिनअघि प्रिबजेट छलफल सक्नुपर्ने व्यवस्था गरेको छ । उक्त नियममा भनिएको छ, छलफल बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा कम्तीमा पन्ध्र दिनअगावै समाप्त भइसक्नु पर्नेछ । १५ दिनअघि नै छलफल सक्नुपर्ने नियमावलीमा व्यवस्था भए पनि अधिवेशन आह्वानमा भएको ढिलाइले नियम निलम्बन गर्न लागिएको हो । सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले नियम निलम्बन गरेर प्रिबजेट छलफलको तयारी रहेको बताए । 


Advertisment
Nabil box
Kumari

उनले भने, “अधिवेशन आह्वानमा भएको ढिलाइले प्रिबजेट छलफलमा नियम निलम्बन गर्न लागिएको हो । जेठ ३ गतेकै बैठकमा अर्थमन्त्रीले सिद्धान्त र प्राथमिकतामा छलफलका लागि प्रस्ताव गर्ने तयारी हामीले गरेका छौँ ।”

Vianet communication

सचिवालयले सरकारसँगको परामर्शमा आन्तरिक तालिका तय गरेको हो । तयारीअनुसार अधिवेशन प्रारम्भ भएकै दिन अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकता (करबाहेकको प्रस्ताव) छलफलका लागि पेस गर्नुहुनेछ । जेठ ४ र ५ गते छलफल र जवाफको तालिका तय गरिएको छ । ६ गते सचिवालयले नीति तथा कार्यक्रमको तयारीका लागि समय छुट्याएको छ । 

तयारीअनुसार जेठ ७ गते राष्ट्रपतिबाट सङ्घीय संसद्को संयुक्त सदनमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस हुनेछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट पेस हुनेछ । साथै आर्थिक ऐनको व्यवस्थाअनुसार जेठ १८ गते वा सोपछि विनियोजन विधेयक संसद्मा पेस हुनेछ । आर्थिक ऐनले सिद्धान्त र प्राथमिकता तथा विनियोजन विधेयकको बीचको फरक अवधि १५ दिन नै मानेको छ ।  गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x