बैशाख २७, २०७९
एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्...
गत आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको नाफा घटेको छ ।
समग्र व्यवसायिक आम्दानी बढेपनि टेलिकमको नाफा भने घटेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा करिब ८ प्रतिशत घटेको छ।
गत वर्षको चैतमा ५ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको नेपाल टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड रुपैयाँ मात्र कमाएको वित्तीय विवरणमा देखिएको छ ।
कम्पनीले सेवा बिस्तार गरे बापतको आम्दानी भने बढाएको छ।
समीक्षा अवधिमा टेलिकमले २८ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको हो ।
एक आर्थिक वर्षको अवधिमा टेलिकमको आम्दानी ३ प्रतिशत बढ्यो। सेवा उपलब्ध गराएबापत गत आर्थिक वर्षको चैतमा टेलिकमले २७ अर्ब ४५ करोड रुपैयाँ कमाएको थियो।
सेवा बाहेक कम्पनीका अन्य आम्दानी पनि बढेका छन्। अन्य स्रोतमार्फत कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको हो।
यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिमा अन्य स्रोतमार्फत कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ कमाएको थियो।
समीक्षा अवधिमा टेलिकमको कुल आम्दानीको आकार पनि करिब ३ प्रतिशत बढेको छ। टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ अर्ब ५३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ।
गत आर्थिक वर्षको चैतको तुलनामा टेलिकमको खर्च पनि बढेको छ।
एक आर्थिक वर्षको अवधिमा खर्च झन्डै एक अर्ब रुपैयाँ बाँडेको पाइयो। यस अवधिमा कम्पनीको संचालन तथा मेन्टिनेन्स खर्च अत्यधिक बढेको छ। यस्तै, रेगुलेटर फी, चार्ज तथा नवीकरणको शुल्क बापतको खर्च पनि वृद्धि भएको पाइन्छ।
बोनस सेयरको सहायतामा बढेको चुक्ता पुँजीले कम्पनीको प्रति सेयर आम्दानीमा भने नकारात्मक प्रभाव परेको छ।
पुँजीको तुलनामा कम्पनीले खुद नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी ४०.२६ रुपैयाँमा सीमित छ। पोहोर चैतमा कम्पनीको इपीएस ४३.५९ रुपैयाँ थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल टेलिकमको प्रति सेयर नेटवर्थ ५११.७७ रुपैयाँ छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य १०३८.९० रुपैयाँका आधारमा टेलिकमको मूल्य आम्दानी अनुपात २५.६८ गुणा छ।
एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्...
आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटव...
आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर सार्वजनिक गरेको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा प...
नासाले हालै ब्ल्याकहोलबाट निस्किएको एक आवाज सार्वजनिक गरेको छ । यो आवाज एक स्याटेलाइटको माध्यमबाट रेकर्ड गरिएको हो । नासाले स्याटलाइटको माध्यमबाट रेकर्ड गरेको यस आवाज मानिसले सिधै सुन्...
सात महिनापछि व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको नेपाल टेलिकमको स्काई फोन सेवा पुनः सञ्चालन भएको छ । नेपाल टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङ आफैँ छाङ्गरु पुगेर टेलिफोन सेवा पुनः सञ्चालनमा आएको हो ।&nb...
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिल...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...