जेठ २२, २०७९
चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ । ...
संसारमा एलियनहरूबारे विभिन्न दाबीहरू गरिएको छ ।
मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गर्छन् ।
केही मानिसहरूले ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन्, जबकि धेरै मानिसहरूले यी दाबीहरूलाई अस्वीकार गर्छन् ।
विश्वका कुनै पनि वैज्ञानिकसँग ब्रह्माण्डमा एलियनहरूको अस्तित्वको कुनै ठोस प्रमाण छैन । यद्यपि, हरेक दिन एलियन र यूएफओहरूको बारेमा चकित पार्ने दाबीहरू गरिन्छ ।
वर्षौंदेखि वैज्ञानिकहरू अन्तरिक्षमा एलियनहरू खोज्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता भने पाउन सकेका छैनन् ।
यसैबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका पूर्व प्रमुख वैज्ञानिकले एउटा अचम्मको दाबी गरेका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्य संसारका यी जीवहरूको खोजी गरिरहेको छ ।
नासाका पूर्व प्रमुख वैज्ञानिक जिम ग्रीनले केही वर्षभित्रै मानिस र एलियन आमनेसामने हुने बताएका छन् ।
नासाका पूर्व प्रमुख वैज्ञानिक जिम ग्रीनले पृथ्वी बाहेक अन्य ग्रहमा जीवन रहेको र मानव वास्तवमै अचम्मको खोजको नजिक पुगेको बताए ।
जिम ग्रीनले नासामा ४० वर्ष काम गरेका छन् । एक उल्कापिण्डको नाम पनि जिमको नाममा राखिएको छ ।
एक मिडिया रिपोर्टका अनुसार एलियन लाइफको खोजी आफ्नो जीवनकालमै पूरा हुने उनको विश्वास छ ।
उनले पृथ्वीजस्ता धेरै ग्रह छन्, जहाँ सूर्यको किरण परेको थियो । त्यहाँ पनि पानी हुन सक्ने उनको भनाइ छ ।
नासाको नयाँ जेम्स वेब टेलिस्कोपले पनि टाढाका ग्रहहरूको फोटो खिचेको छ ।
जेम्स वेब टेलिस्कोपले वैज्ञानिकहरूलाई तिनीहरूको अनुसन्धान गर्न मद्दत गरेको छ, जसले त्यहाँको वातावरणको बारेमा जानकारी लिइरहेको छ ।
उनले आगामी केही वर्षमा साँच्चै अचम्मको खोज हुने दाबी गरे । नासाले आफ्ना दुईवटा मिसनहरूको जवाफ पाउने जिमले बताएका छन् ।
चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ । ...
ब्रह्माण्डमा धेरै रहस्य लुकेका छन् । वैज्ञानिकहरूले समेत यी रहस्यहरुको बारेमा अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । अन्तरिक्ष सधैं मानिसहरूको लागि जिज्ञासाको केन्द्र भएको छ । लाखौं रहस्यहरू अनन्त र असीमित ब्र...
विश्वभर एलियनको बारेमा बहस तीव्र भएको छ । एलियन्सको बारेमा दिनहुँ धेरै अनौठा दाबीहरू गरिन्छ । वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् । यसै...
संसारमा हरेक दिन एलियनका बारेमा छलफल हुन्छ । कहिलेकाहीँ पृथ्वीबाहेकको ग्रहका प्राणीबारे अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । धेरै मानिसहरूले यूएफओ र एलियनहरू देखेको दाबी गरेका...
संसारभर हरेक दिन एलियन र यूएफओ देखिएको दाबी गरिन्छ । ब्रह्माण्डमा एलियनहरू छन् कि छैनन् ? वैज्ञानिकहरू वर्षौंदेखि यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता पाउन सकेका छैनन् । यसैबीच, अमेर...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...