
नेकपा एमालेबाट बुटवल उपमहानगर मेयरका उम्मेदवार बाबुराम भट्टराईले मतदान गरेका छन् ।
उनले बुटवल वडा नम्बर ६ को चाँदबारीको मतदान स्थलबाट बिहान केहीबेर अघि मतदान गरेका हुन् ।
उनले मतदानपछि पेटिकालाई दुई हात जोडर नमस्कार गरे ।
अर्का कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले पनि मतपेटिकालाई ढोग गरेका थिए । पाण्डेले बुटवल ८ को सडक डिभिजन कार्यालयमा साढे सात बजे मतदान गरेका थिए ।