
रामेछापमा दुई पक्षबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ ।
रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मतदान केन्द्र र खाँणादेवी गाउँपालिको वडा नम्बर १ मा झडप हुँदा ९ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।
प्रहरीले खाँणादेवीमा ७ राउण्ड गोली चलाएको छ भने सैलुङमा २ राउण्ड हवाई फायर गरेको छ ।