०५ साउन २०८३, मंगलबार

काभ्रेको कात्तिके देउरालीमा तनाव, मतपेटिका फुटाइयो

बैशाख ३०, २०७९
काभ्रेको कात्तिके देउरालीमा तनाव, मतपेटिका फुटाइयो

काभ्रेको कात्तिके देउरालीमा विवाद हुँदा मतपेटिका नै फुटाइएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका-६ स्थित कात्तिके देउराली मतदान केन्द्रमा एमाले र गठबन्धनबीच चर्किएको विवादका कारण झडप भएको हो ।

झडपपछि मतपेटिका फुटाइएको एमाले नेतृ नविना लामाले बताएकी छन् ।

उनका अनुसार कात्तिके देउराली वडा नम्बर ६ मा गठबन्धनले मतपेटिका फुटाएको दाबी गरेकी छन् । यो मतदानस्थलमा एमाले र गठबन्धनबीच भएको विवादका कारण मतपेटिका फुटाएको हो ।

दुई पक्षीय विवादमा एक जना घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्