
ललितपुर महानगरपालिकामा आज मतगणना नहुने भएको छ ।
ललितपुर महानगरमा आज विभिन्न मतदान स्थलबाट मतगणना संकलन गर्ने काम गर्ने काम भएको छ ।
यो महानगरको मतगणना भने भोलि शनिवारबाट मात्रै शुरू हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुसार भोलि शनिवार बिहान ७ बजेका लागि मात्रै सर्वदलीय बैठक बोलाइएको छ ।
सर्वदलीय बैठकपछि भने बिहानैबाट मतगणना शुरू गरिने जिल्ला निर्वाचन कार्यालय ललितपुरकी निर्वाचन अधिकृत गोमा धमलाले बताइन् ।