
चार वटा स्थानीय तह रहेको हिमाली जिल्ला मनाङका ३ वटा स्थानीय तहमा मतगणना शुरू भएको छ ।
नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना शुरू भएको छ। चामे गाउँपालिका, नासोँ गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा मतगणना शुरू भएको छ । नार्पाभूमिमा पनि केहीबेरमा मतगणना शुरू गरिने बताइएको छ ।
तीनवटै स्थानीय तहमा सर्वदलीय बैठकपछि मतगणना शुरू भएको हो । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना आजै राति हुने जानकारी दिए।
मनाङमा ६२.६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। जम्मा ६ हजार ४ सय ९६ मतदाता रहेकोमा यो जिल्लामा ४ हजार ६७ मत खसेको छ ।
मनाङ ङिस्याङमा ३ हजार ५ सय ३५ मतदाता रहेको १ हजार ६ सय ५७ मत खसेको भने नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत खसेको छ ।
चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० त खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।