
भक्तपुरको सूर्यविनायक नगरपालिकाको मतगणना मध्यराति १२ बजेबाट शुरू हुने भएको छ ।
शुक्रवार राति बसेको सर्वदलीय बैठकले मतगणना राति १२ बजेबाट शुरू गर्ने निर्णय गरेको सूर्यविनायककी निर्वाचन अधिकृत सरिताकुमारी खतिवडाले जानकारी दिइन् ।
सूर्यविनायकस्थित राष्ट्रिय प्राणी उद्यानको कार्यालयमा नगरको वडा नम्बर १ बाट मतगणना शुरू हुनेछ ।