
तेह्रथुमको लालीगुराँस नगरपालिमा मतगणना शुरू भएको छ ।
प्रारम्भिक मतगणनाअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार अर्जुन मावोहाङले १२० मतसहित अग्रता लिएका छन् ।
प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशकुमार लिम्बूले ६३ मत पाएका छन् । माओवादी केन्द्रका होमराज रायामाझीले १४ मत पाएका छन् ।
उपमेयरमा समेत कांग्रेसकी उम्मेदवार जमुना मगर कार्कीले ९३ मत पाएकी छन् । एमालेकी छविमाया तिम्सिनाले ८४ मत र माओवादी केन्द्रकी दिलकुमारी आंखेवाले १९ मत पाएकी छन् ।