
सल्यानको कुमाख गाउँपालिका-१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनको तर्फबाट कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन् ।
महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।
कांग्रेस-एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको हो ।
उक्त वडाबाट कांग्रेस-एमाले गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीलाई ५५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गरेका छन्।
त्यसै गरी उपाध्यक्ष पदमा माओवादी केन्द्रकी धनसरा मल्लले ५५८ मत प्राप्त गरेकी छन् । कांग्रेस-एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४८० मत प्राप्त गरेका छन् ।
कुल मतदाता १७३९ रहेको कुमाख गाउँपालिका वडा नं. १ मा १२१४ मत खसेको थियो ।