०५ साउन २०८३, मंगलबार

कञ्चनपुरमा कांग्रेसको विजयी शुरुआत

बैशाख ३१, २०७९
कञ्चनपुरमा कांग्रेसको विजयी शुरुआत

कञ्चनपुरमा नेपाली कांग्रेसले विजयी शुरुआत गरेको छ ।

लालझाडी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्षका उम्मेदवार हर्कनारायण जोशीको प्यानलै निर्वाचित भएको हो ।  

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलराम चौधरीलाई ११५ मतअन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्