
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना शुरू भएको छ ।
वडा नम्बर १ र १७ बाट मतगणना शुरू गरिएको छ ।
तिलोत्तमाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण खाँण र नेकपा एमालेबाट मोहन चापागाईं उम्मेदवार छन् ।
तिलोत्तमा १७ वडा छन् । रामकृष्ण खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।