
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ ।
मेयरमा कांग्रेसका मदनभक्त अधिकारी ३४० मतसहित अग्रस्थानमा छन् । एमालेका छत्रराज पौडेलले १२७ मत प्राप्त गरेका छन् ।
पौडेल यसअघि पनि मेयर थिए । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन क्षेत्र पर्ने गैँडाकोटमा यसअघि नेकपा एमाले विजयी भएको थियो ।