
जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले लज्जास्पद मत पाउँदा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।
अहिलेसम्म ७०० मत गणना भएको छ । जसमा नेपाली कांग्रेसबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले २३२ मत प्राप्त गरेका छन् । त्यहीँ गठबन्धनबाट जनता समाजवादी पार्टीको मेयर पदका उम्मेदवार लालकिशोर साहले ३४ मत मात्र प्राप्त गरेका छन् ।
नेकपा एमालेका शिवशंकर साह हीराले ९५ मत, स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३, स्वतन्त्र उम्मेदवार जानकी राम साहले २७ र लोसपाका मनोज चौधरीले ४१ मत प्राप्त गरेका छन् ।