
हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडाको मतगणना कार्य जारी छ ।
हालसम्म ३०० मत गणना हुँदा सत्तारुढ गठबन्धनको तर्फबाट मेयर उम्मेदवार मीनाकुमारी लामा (नेकपा एस) ले १०९ मत प्राप्त गरेकी छन् ।
एमालेबाट मेयरका उम्मेदवार अनन्तप्रसाद पौडेलले १०४ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका तर्फका मेयरका उम्मेदवार दीपक सिंहले ५४ मतमात्र प्राप्त गरेका छन् ।
त्यसै गरी सत्तारुढ गठबन्धनको नेपाली कांग्रेसका तर्फबाट उपमेयरको उम्मेदवार बनेका राजेश बानियाँले १३४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेकी सुमित्रा काफ्लेले १२४ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाको तर्फबाट उपमेयर उम्मेदवार ईन्दिरा न्यौपानेले १३ मत मात्र प्राप्त गरेको छन् ।
त्यसैगरी वडाध्यक्षतर्फ एमालेका उत्तम पौडेलले १३२, गठबन्धनबाट नेपाली कांग्रेसका सबिन न्यौपानेले १४१ र राप्रपाका सुजन शाहीले १३ मत पाएका छन् ।