
स्थानीय तहको निर्वाचनअन्तर्गत मधेश प्रदेशको एक मात्र महानगरपालिकाका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना शुरू भएको छ ।
वीरगञ्ज महानगरपालिका-१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना शुरु भएको हो ।