
धनुषाको शहीदनगर नगरपालिकाको प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टीले अग्रता लिएको छ।
२ सय मत गन्दा जसपाका मेयर उम्मेदवार दिनेश प्रसाद यादवले ६२ मत ल्याएका छन् भने नेकपा एमालेका जय प्रकाश यादवले ४१ मत ल्याएका छन्।
नेपाली कांग्रेसका सुधिर कुमार गोईतले ४२ मत ल्याएका छन्।नेकपा माओवादी केन्द्रबाट निवर्तमान मेयर समेत रहेका उदय कुमार यादवले ३१ मत, लोसपाका विरेन्द्र कुमार यादवले १५ मत ल्याएका छन्।
नेकपा एकीकृत समाजवादीका सुकेश कुमार मण्डलले २ मत र जनमतका लक्ष्मेश्वर यादवले ७ मत ल्याएका छन् ।