२३ असार २०८३, मंगलबार
स्थानीय चुनाव

सभागृहमा बालेनको दावी– काठमाडौंको कोर एरियामा दोस्रो हुन्छु, बाँकी २० वडाको मतले जित्छु

बैशाख ३१, २०७९
सभागृहमा बालेनको दावी– काठमाडौंको कोर एरियामा दोस्रो हुन्छु, बाँकी २० वडाको मतले जित्छु

काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन्द्र साहले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् ।

मतगणनास्थल राष्ट्रिय सभागृहमा पुगेका साहले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै वडा नम्बर–१ को मत गणनामा दोस्रो स्थानमा रहेको र ३२ नम्बर वडाबाट राम्रो मत आएको बताए । 

काठमाडौं महानगरको भित्रि बस्तिहरुमा आफूलाई कम मत आउने भए पनि अरू २० वटा वडाबाट आएको मतले आफूले मेयर जित्ने साहले बताए । 

‘कोर एरियामा दोस्रो स्थानमा हुन्छौं । बाँकी २० वडाबाट आउने मतले जित्ने निश्चित छ’, बालेनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्