२३ असार २०८३, मंगलबार

रेसुंगा नगरपालिकामा कांग्रेस उम्मेदवार पन्थी १ हजार मतान्तरले अगाडि

बैशाख ३१, २०७९
रेसुंगा नगरपालिकामा कांग्रेस उम्मेदवार पन्थी १ हजार मतान्तरले अगाडि

गुल्मी जिल्लाको सदरमुकाम रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खिलध्वज पन्थीले मतान्तर बढाएका छन् ।

पन्थीले तीन हजार ६४७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले दुई हजार ६३४ मत प्राप्त गरेका छन् । 

शुरूदेखि नै अग्रता बनाएका पन्थी र पाण्डेको मतान्तर फरक एक हजार १३ छ । उपमेयरमा अमृता कुँवरले ३ हजार ५६२ तथा एमालेकी रीता पाण्डेले दुई हजार ६८४ मत प्राप्त गरेकी छन् । 

नेपाली कांग्रेसको गढ मानिँदै आएको रेसुङ्गामा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका डिल्लीराज भुसाल विजयी भएका थिए । तीव्र प्रतिस्पर्धामा भुसालले ६ हजार ३१८ भोट पाउँदा कांग्रेसका भुवन श्रेष्ठले ६ हजार २०४ मत पाएका थिए ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारीको निर्वाचन क्षेत्र पर्ने रेसुङ्गामा सत्तारुढ दलबीच गठबन्धन बनेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्