
दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ ।
नेकपा एमालेका उम्मेदवार दण्डीराम चौधरीलाई ९ मतले पछाडि पार्दै कांग्रेसका जोगराज चौधरीले शुरुआती अग्रता लिएका हुन् । जोगराज चौधरीले ९३, दण्डीराम चौधरीले ८४ ल्याएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका वसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसका लक्ष्मी योगी ९९, एमालेका सुशीला शर्मा ७८ र माओवादी केन्द्रका गंगा पाण्डेले ६६ मत प्राप्त गरेकी छन् ।