
धनगढी उपमहानगरपालिकामा १०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत ल्याएका छन् ।
हमाल अघिल्लो चुनावमा पनि झिनो मतान्तरले मेयरमा पराजित भएका थिए ।
धनगढीमा कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २२ मत ल्याएका छन् ।
एमालेका रणबहादुर चन्दले भने २ मत मात्रै पाएका छन् ।
धनगढीमा १०० मत गणना हुँदा २१ मत बदर भएको छ ।
धनगढीमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । फरक चुनाव चिन्ह लिएर चुनावी गठबन्धन हुँदा मतदाताहरु झुक्किएका कारण धेरै मत बदर भएको हुनसक्ने अनुमान गरिएको छ ।