
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको छ ।
नेमकिपाका उदे कामीले ३१७ मत ल्याउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीलाई ४ मतले पछि पारेका थिए । शाहीले ३१३ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका लछिराम केसीले २९६ मत प्राप्त गरेका छन् ।