
सिरहा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
१०० मत गन्दा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रकुमार यादवले ४२ मत ल्याएका छन् ।
नेकपा एमालेबाट मेयरका उम्मेदवार नवीनकुमार यादवले २१ मत ल्याएका छन् ।
त्यसै गरी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार रीताकुमारी यादवले १९ मत, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशेश्वरप्रसाद यादवले १३ मत र जनमत पार्टीका उम्मेदवार राजकुमार यादवले ५ मत प्राप्त गरेका छन् ।