
धनुषाको सबैला नगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता लिएको छ ।
३६७ मत गणना हुँदा एमालेका उम्मेदवार राजकिशोर यादवले १११ मत ल्याएका हुन् ।
जनमत पार्टीका उम्मेदवार विश्वेश्वरप्रसाद साहले ९६ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादवले ७०, नेपाली कांग्रेसका जगतसुन्दर साह मधुपले ७४ र लोकतान्त्रिक समाजवादी पार्टीका रामचन्द्रप्रसाद जयसवालले ५ मत ल्याएका छन् ।