
महालक्ष्मी नगरपालिकाको जारी मतगणनामा मेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका शिव कट्टेलले अग्रता कायम गरेका छन् ।
४ सय ६९ मत गन्दा उनले १ सय ५७ मत ल्याएका छन् भने एमालेका हरिगोविन्द श्रेष्ठले १४१ मत ल्याएका छन् ।
यस्तै राप्रपाका प्रबिण खत्रीले ४९ मत ल्याएका छन् भने नेकपा एसका नकुल थापाले २६ मत ल्याएका छन् ।
नगरपालिकाको उपप्रमुखमा एमालेकी बिना सुवेदीले १ सय ८५ मत ल्याउँदै अग्रता कायम गरेकी छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी महर्जनले १४२ मत ल्याएकी छिन् भने राप्रपाकी रामदेवी महर्जनले ४० मत ल्याएकी छन् ।