२३ असार २०८३, मंगलबार

शुरू भयो विराटनगर महानगरको रोकिएको मतगणना

बैशाख ३१, २०७९
शुरू भयो विराटनगर महानगरको रोकिएको मतगणना

मतगणनामा खटिएका गणक कर्मचारी नआएपछि  दुई घन्टादेखि रोकिएको विराटनगर महानगरको मतगणना फेरि शुरू भएको छ ।  

महानगरको वडा नं १ को गणनामा खटिएका गणक प्रकाश ढुंगाना सम्पर्कमा नआएपछि सो वडाको मत गणना रोकिएको थियो ।

अहिले नयाँ कर्मचारी उमेश भट्टराईलाई ल्याएर मतगणना शुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए  ।

दिउँसोको सिटका गणक कर्मचारी बेलुका ८:२० मा परिर्वतन भएपछि गणक ढुंगाना बेपत्ता भएका थिए । मतगणनामा खटिएका एक कर्मचारीका अनुसार ढुंगाना गणना गर्न नसक्ने भन्दै हिँडेका थिए । 

गणना सुस्त भएपछि स्थानीय  आक्रोशित बनेका छन् । बिहान १० बजे देखि शुरू भएको मतगणनाको परिणाम अहिलेसम्म एक पटक मात्रै सार्वजनिक गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्