भरतपुर महानगरपालिकामा मतगणना जारी छ ।
जारी मतगणना अनुसार मेयर पदमा गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १ को १९०० मतगणना हुँदा रेणु दाहालले ६८३ मत पाएकी छन् ।
६१४ मतका साथ रेणुलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् ।