१७ असार २०८३, बुधबार

गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा थापा निर्वाचित

गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा थापा निर्वाचित

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन् ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित भएकी छन् ।

अध्यक्षमा थापाले ६ हजार १६६ मत ल्याएका छन् भने उपाध्यक्षमा थापा ६ हजार १८८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले गुल्मीले जनाएको छ ।

नेकपा एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएका थिए ।

उपाध्यक्षमा सुशीला पुनले ५ हजार ५८९ मत ल्याएका छन् । गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेले विजयी भएको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्