
बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ ।
माओवादीबाट मेयर उम्मेदवार नरेन्द्र न्यौपानेले ९६१ मत पाएका छन् । त्यस्तै एमालेका खिलप्रसाद भुसालले ८०९ र कांग्रेसका पूर्ण आचार्यले ८११ मत पाएका छन् ।
वडा नं. १ को मतगणनामा दोब्बर मतले अगाडि रहेका न्यौपानेले वडा नं. १५ मा भने कम मत पाएका छन् । यहाँ कांग्रेस र एमालेका बढी मत पाएका छन् ।
कांग्रेसले ३९६ र एमालेले २८९ मत पाउँदा माओवादीले भने ३६ मत मात्रै पाएको छ ।