×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

महासचिवको गृहजिल्लामा एमालेको लज्जास्पद प्रदर्शन, ९ पालिकामध्ये एकमा मात्रै अघि

जेठ १, २०७९

NTC
Premier Steels

एमाले महासचिव शंकर पोख्रेलको गृहजिल्ला दाङमा एमालेले कमजोर उपस्थिति देखाइरहेको छ ।

Muktinath Bank

मतगणनाको शुरुआती चरणमा एमाले सत्ता गठबन्धन (माओवादी/कांग्रेस) भन्दा निकै पछाडि परेको हो । ९ स्थानीय तहको मतगणना भइरहँदा ४ वटामा कांग्रेस र ४ वटामा माओवादीले अग्रता लिएको छ । एमालेले भने जम्मा एउटा स्थानीय तहमा मात्रै अग्रता लिइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० वटा स्थानीय तह रहेको दाङमा २ उप-महानगरपालिका, १ नगरपालिका र ७ वटा गाउँपालिका छ ।


Advertisment
Nabil box
Kumari

तुलसीपुर उपमहानगरपालिकाबाहेक सबैमा मतगणना भइरहेको छ । तुलसीपुर-१७ मा वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा ३ जेठमा मात्रै निर्वाचन हुँदैछ ।

Vianet communication

सो वडामा निर्वाचन भएपछि मात्रै मतगणना हुने भएकाले अहिले अरू वडाको पनि मतगणना शुरू नभएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए ।

घोराही उपमहानगरपालिकामा माओवादीले अग्रता लिएको छ । माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले ३१३७ मत ल्याएर अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नरुलाल चौधरीले भने २७६१ मत ल्याएर पोखरेललाई पछ्याइरहेका छन् ।

लमही नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका जोगराज चौधरीले १३३३ मत पाउँदा माओवादी केन्द्रका वसन्तराज शर्मा प्रतिस्पर्धामा छन् । उनले १०३४ मत मात्रै पाएका छन् ।

गढवा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सर्वजीत डिसीले १०४६ मतसहित अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेलले १०१४ मत ल्याएका छन् ।

दशरथ गाउँपालिकामा ५९६ मतसहित नेपाली कांग्रेसका उम्मेदवार शम्भु गिरीले अग्रता लिइरहेका छन्  । उनका प्रतिस्पर्धी एमालेका मेघनाथ शाहले ३२२ मत पाएका छन् ।

बंगलाचुली गाउँपालिका भर्खर मतगणना शुरू भएको छ । यो गाउँपालिकामा माओवादीका तुलसीराम पुन मगरले २५० मत ल्याउँदा एमालेका भेषराज खत्रीले २१६ मत ल्याएका छन् ।

बबई गाउँपालिकामा भने कांग्रेसका कुलबहादुर खत्री क्षेत्रीले २४ सय मत ल्याउँदा एमालेका भुवनेश्वर पौडेलले १५८२ मत ल्याएका छन् ।

राजपुर गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका कुलराज गिरीले ११६० मत ल्याएर अग्रता लिएका छन् । यो गाउँपालिकामा माओवादीका चक्रबहादुर खड्काले ९८४ मत ल्याएर एमालेसँगको प्रतिस्पर्धामा छन् । 

राप्ती गाउँपालिकामा भने माओवादीका प्रकाश भट्टले अग्रता लिएका छन् । भट्टले १९८८ मत ल्याउँदा एमालेका जगतप्रसाद पोख्रेलले १४५५ मत ल्याएका छन् ।

शान्तिनगर गाउँपालिकामा भने माओवादीले अग्रता लिएको छ । माओवादीका मोहनलाल ओलीले १०७६ मत पाउँदा नेपाली कांग्रेसका प्रमोद बस्नेतले १००१ मत पाएर प्रतिस्पर्धामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x