२७ असार २०८३, शनिबार

मतगणनामा हुने सामान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा नउचाल्न निर्वाचन आयोगको आग्रह

मतगणनामा हुने सामान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा नउचाल्न निर्वाचन आयोगको आग्रह

मतगणनाका क्रममा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचालेर मतगणना कार्य रोक्ने गरिएको प्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । 

'तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाइ गर्ने गरिएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,' आयोगका प्रवक्ता शालिग्राम पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्ता कार्यले जेठ ५ गते अगावै मतगणना सम्पन्न गर्ने उद्देश्यमा असर पर्ने आयोगको भनाइ छ । 

आयोगबाट गरिएको निर्णय समेतको आधारमा जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न आग्रह गरिएको छ । उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीहरूलाई मतगणना कार्यमा प्राथमिकता साथ खटाउने, स्थानको उपलब्धता अनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्न आयोगले आग्रह गरेको छ । 

मतगणना कार्यमा खटिएका कर्मचारीहरूले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिका (संशोधनसहित) को अध्ययन गरी मतगणना कार्य छिटोभन्दा छिटो सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारहरूका प्रतिनिधिहरू व्यवस्थित र अनुशासित भएर छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आवश्यक सहयोग र सहजीकरण गरिदिनसमेत आयोगले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्