२९ असार २०८३, सोमबार

कचनकवल गाउँपालिकामा गठबन्धन उम्मेदवारको अग्रता कायमै, २ वटा वडाको परिणाम घोषित

कचनकवल गाउँपालिकामा गठबन्धन उम्मेदवारको अग्रता कायमै, २ वटा वडाको परिणाम घोषित

झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कालेन्द्र राजवंशीले अग्रता कायम राखेका छन् । 

ताजा परिणामअनुसार, उनले अहिलेसम्म ३६ सय १६ मत प्राप्त गरेका छन् भने उनलाई राप्रपाका अन्जरा आलमले १७ सय ६१ मतका साथ पछ्याइरहेका छन् । 

यस गाउँपालिकामा कांग्रेस र एमालेले राप्रपाविरुद्ध अध्यक्ष तथा उपाध्यक्ष पदका लागि गठबन्धन गरेका हुन् । 

उपाध्यक्षमा उठेका एमाले उम्मेदवार नवराज भट्टराईले अहिलेसम्म २१ सय ९९ मत प्राप्त गरेका छन् । उनलाई राप्रपाकी निमसरी राजवंशीले १९ सय ९१ मतका साथ पछ्याइरहेकी छन् । 

गाउँपालिकाका दुईवटा वडाको अन्तिम मतपरिणाम पनि घोषित भइसकेको छ । वडा नं १ को अध्यक्षमा नेपाली कांग्रेसका महावीर लिम्बू रञ्जित विजयी भएका छन् । वडा नं २ को अध्यक्षमा नेकपा एमालेका लेखनाथ खत्रीले विजय प्राप्त गरेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्