
धनुषाको विदेहनगर नगरपालिका-१ को अध्यक्षमा नेकपा एमालेका सञ्जय पाण्डेय निर्वाचित भएका छन् । ३७२ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका विन्देश्वर ठाकुरले ३६५, स्वतन्त्र उम्मेदवार श्यामसुन्दर दासले २८१, नेकपा माओवादी केन्द्रका रामवृक्ष ठाकुरले १७७ मत र नेपाली कांग्रेसका रामनारायण दाहाले १५४ मत ल्याएका थिए ।
त्यसै गरी वडा नम्बर २ मा नेकपा एमालेका रामपुकार सहनीले ३८४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका भद्रकान्त झाले १९५ मत, नेपाली कांग्रेसका श्रवणकुमार कुसियैतले १९४ मत र लोकतान्त्रिक समाजवादी पार्टीका जयकृष्ण कुशियैतले १५६ मत ल्याएका थिए ।
वडा नम्बर ४ मा नेपाली कांग्रेसका वाजीब प्रमाणी निर्वाचित भएका छन् । उनले ६९८ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका बिनोद गोहितमानले २८८ प्राप्त गरेका थिए ।