२२ असार २०८३, सोमबार

हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता, गठबन्धन दल दोस्रो हुँदा एमाले तेस्रोमा झर्‍यो

हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता, गठबन्धन दल दोस्रो हुँदा एमाले तेस्रोमा झर्‍यो

हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ ।

हालसम्म  ९०२९ मत गणना हुँदा राप्रपा पहिलो स्थानमा उक्लेको छ । राप्रपाको तर्फबाट मेयरका उम्मेदवार रहेका दिपकबहादुर सिंह  २७१० मतसहित पहिलो स्थानमा रहेका छन् ।

गठबन्धन दल नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरको प्रतिस्पर्धी  मीना लामा २६५९ मतसहित दोस्रो स्थानमा रहेकी छिन ।

त्यसैगरि नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेल भने २४३४ मत प्राप्त  गर्दै तेस्रो स्थानमा झरेका छन्।

त्यस्तै उपमेयर तर्फ  गठबन्धन दल नेपाली काङ्ग्रेसका राजेश बानियाँले ३९८२ मत प्राप्त गर्दा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेकी सुमित्रा काफ्लेले  ३०१६ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै  राप्रपाकी  इन्दिरा न्यौपानेले भने ८०३ मत मात्र प्राप्त गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्