
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले मतदान प्रक्रियामा प्रश्न उठाएर प्रत्येक मतदाताको अभिमतको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।
आइतवार प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनमा जालझेल भएको भन्दै पुन: मतदान गराउन माग गरेपछि महामन्त्री थापाले टिप्पणी गरेका हुन् ।
महामन्त्री थापाले लेखेका छन्,'मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।'
मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।
— Gagan Thapa (@thapagk) May 15, 2022>