
नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले एमालेले देशभरका मतदाताको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।
आइतबार साँझ ट्वीट गर्दै थापाले एमालेले निर्वाचनमा पाँच दलीय गठबन्धन धाँधली गरेको भनेर सिङ्गो निर्वाचन प्रक्रियामाथि नै अनेकन प्रश्न उठाउनु मतदाताको अभिमतको अवमूल्यन भएको बताएका छन् ।
एमालेले आइतबार नै विज्ञप्ति प्रकाशन गरेर स्थानीय तहको निर्वाचनमा निर्वाचनको बेलादेखि मतगणनासम्म धाँधली भएको बताएको थियो ।
एमालेलेको विज्ञप्तिमाथि खण्डन गर्दै थापाले भनेका छन्, ‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा एमालेले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’