
विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता कायम नै राखेको छ ।
कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ३ हजार ५१८ मत ल्याएर अग्रता कायम राखेका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले २ हजार ५८६ मत ल्याएर थापा ल्याएर कोइरालालाई पच्छाइरहेका छन् ।
स्वतन्त्र उमेश यादवले ११८७ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी शिल्पा कार्कीले २९४९ मत ल्याएर अग्रता कायम गरेकी छिन् ।
जसपाका अरमेन्द्र यावदले १८६३ मत ल्याएर शिल्पालाई पच्छाइरहेका छन्।
हाल ११ हजार २६० मत गनेर सकिएको छ ।