
काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा नेकपा एसका उम्मेदवारले अग्रता लिएका छन् ।
नेकपा एसका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ १ हजार ५ सय ७८ मतसहित अगाडि छन् ।
एमालेका कृष्णलाल बजगाईं १ हजार ४ सय ४९ मतसहित दोस्रो स्थानमा छन् ।
१ हजार ३ सय १५ मतसहित माओवादीका मधु केसी तेस्रो स्थानमा छन् ।
शुरूआती अग्रता लिएका राप्रपाका रमेश नापित १ हजार २ सय १४ मतसहित चौथो स्थानमा छन् ।
उपममेयरमा नेपाली कांग्रेसकी शमिता श्रेष्ठ १ हजार ६ सय ४ मतसहित अगाडि छिन् ।
शंखरापुर नेकपा एसका अध्यक्ष माधव नेपालको चुनावी क्षेत्र पनि हो । यो नगरपालिकामा बहुपक्षीय प्रतिष्पर्धा देखिएको छ ।