
पाल्पाको तिनाउ गाउँपालिकामा नेकपा एमालेले जितेको छ ।
गाउँपालिकाको अध्यक्ष पदमा एमालेका ५ हजार ९० मत सहित प्रेम श्रेष्ठ निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४४६ मत ल्याए ।
उपाध्यक्षमा ५ हजार ८२ मतसहित कांग्रेसका लालबहादुर थापा विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी एमालेकी सावित्रा राना गुरुङ ४ हजार ४६५ मत पाइन् ।