
मकवानपुरको ईन्द्र सरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
सो गाउँपालिकामा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी शर्मा ३ हजार ७२२ मत सहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वलाल लामालाई २५० मतान्तरले पराजित गरेका हुन् ।
पराजित विश्वलाल लामाले ३ हजार ४७२ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकै उमाकुमारी लामाले ३ हजार ७२५ मत ल्याएकी छन् ।
उनकी प्रतिद्वन्द्वी कांग्रेसकी निर्मला रुम्बाको ३ हजार ५५६ मत आएको छ ।