
बुटवल । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ ।
सोमवार बिहान एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् ।
श्रेष्ठले प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रको राजेन्द्र श्रेष्ठलाई झन्डै ७ सय मत अन्तरले पराजित गरे ।
श्रेष्ठले जम्मा ४ हजार ४४६ मत मात्रै ल्याए ।
गाउँपालिका उपाध्यक्ष भने नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत पाए ।
एमालेकी सावित्रा राना गुरुङ ४ हजार ४६५ मत पाइन् ।