११ असार २०८३, बिहीबार

ओमसतिया गाउँपालिकामा राप्रपाको अग्रता कायम

ओमसतिया गाउँपालिकामा राप्रपाको अग्रता कायम

 रुपन्देहीको ओमसतिया गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अग्रता कायम राखेको छ । वडा नम्बर १, २ र ३ को ६७३५ मतपत्र गणना गर्दा राप्रपाले अध्यक्ष पदमा १९८९ मत प्राप्त गरी अग्रता कायम राखेको हो । त्यस्तै उपाध्यक्ष पदमा पनि २००५ मत प्राप्त गरी अग्रता कायम गरेको हो ।

राप्रपालाई पछ्याउदै नेकपा एमाले दोस्रो नम्बरमा छ । नेकपा एमालेले हालसम्म अध्यक्ष पदमा १६१७ मत प्राप्त गरेको छ । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष पदमा ६७२ मत प्राप्त गरी तेस्रो नम्बरमा रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले अध्यक्ष पदमा ६३१ र जनमत पार्टीले ५८६ मत प्राप्त गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्