३० असार २०८३, मंगलबार
स्थानीय चुनाव

काठमाडौंका ७ नगरपालिकामा कांग्रेसको अग्रता, यस्तो छ पछिल्लो अपडेट

काठमाडौंका ७ नगरपालिकामा कांग्रेसको अग्रता, यस्तो छ पछिल्लो अपडेट

सर्वाधिक चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकासहित अधिकांश नगरपालिकामा मतगणना चलिरहेको छ । 

सोमवार बिहानसम्मको गणनामा महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायम छ भने बहुसंख्यक नगरपालिकामा कांग्रेसको अग्रता छ । 

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनले ५ हजार ६६५ मतसहित अग्रता लिएका छन् । 

एमालेका केशव स्थापितले ३ हजार ४६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले २ हजार ६४६ मत पाएकी छन् । 

काठमाडौंको कागेश्वरी मनोहरामा एमालेका रामशरण ढुंगाना १ हजार ६४८ सहित अग्रस्थानमा छन् भने कांग्रेसका उपेन्द्र कार्की १ हजार ५४५ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा पनि एमालेकी शान्ता थापा अगाडि छिन् । मतगणना सुस्त भइरहेको छ । 

काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी ६ हजार ८१० मतसहित अग्रस्थानमा छन्, एमालेका केशवरत्न बज्राचार्यले ३ हजार ७८२ मत प्राप्त गरेका छन् ।

माओवादीका शिवशरण महर्जनले २ हजार २८० मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेसकी शुभलक्ष्मी शाक्य ६ हजार ३८४ मतसहित अग्रस्थानमा छिन् । 

गोकर्णेश्वरमा एमालेका उद्धव विष्ट ४ हजार ५७० मतसहित अग्रस्थानमा छन्, नेपाली कांग्रेसका दिलिप रिसाल ४ हजार ३८४ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकी सान्नानी लामा ३ हजार २९९ मतसहित अगाडि छिन् । 

चन्द्रागिरि नगरपालिकामा कांग्रेसका घनश्याम गिरी ३ हजार ७८७ मतसहित अगाडि छन् भने एमालेका उत्तमबहादुर राउत ३ हजार १ मतसहित दोस्रो स्थानमा छन् । गिरी यसअघिका मेयर हुन् । उपमेयरमा ३ हजार १७३ मतसहित वसन्ती श्रेष्ठ अग्रस्थानमा छिन् । 

टोखा नगरपालिकामा नेपाली कांग्रेसकी रजनी थापाले ५ हजार ११२ मतसहित अग्रता लिएकी छन् । एमालेका प्रकाश अधिकारी ४ हजार ८९२ मतसहित दोस्रो स्थानमा पुगेका छन् । यसअघि शुरुआतमा एमालेको अग्रता थियो । उपमेयरमा कांग्रेसका मुरारी तामाङ अगाडि छन् । 

तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन ४ हजार १५६ मतसहित पहिलो र एमालेका रामेश्वर बोहरा ३ हजार ३६९ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा पनि कांग्रेसकी सिर्जना बुर्लाकोटी अग्रस्थानमा छिन् । 

दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका मोहन बस्नेत ५ हजार २४४ मतसहित अग्रस्थानमा छन् भने एमालेका श्रीराम आचार्य ४ हजार ३६ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा पनि कांग्रेसकी वसन्ती तामाङले ५ हजार ५८३ मत प्राप्त गरेकी छन् । 

नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत १ हजार २५१ मतसहित पहिलो स्थानमा छन् भने एमालेका नन्दनहरि गौतम ७३७ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा एमालेकी सुशीला अधिकारी अगाडि छिन् । 

बूढानीलकण्ठमा नेपाली कांग्रेसका विनोद चालिसेले ४ हजार ११ मतसहित अग्रता बनाएका छन् । एमालेका मिठाराम अधिकारी ३ हजार ९५६ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा पनि कांग्रेसकी रमिला वाग्ले ४ हजार ४५६ मतसहित अग्रस्थानमा छिन् । 

शंखरापुरमा नेकपा एमालेका कृष्णलाल बजगाइँ २ हजार २ ४ मतसहित अग्रस्थानमा छन् । १ हजार ९३० मतसहित नेकपा एसका लक्ष्मीप्रसाद श्रेष्ठ दोस्रो स्थानमा छन् । राप्रपाका रमेश नापित १ हजार ५१६ मतसहित तेस्रो स्थानमा छन् । उपमेयरमा भने कांग्रेसकी समिता श्रेष्ठ ३ हजार २३ मतसहित अग्रस्थानमा छिन् । 

salt training

कमेन्ट गर्नुहोस्