
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले विजयी शुरूआत गरेको छ ।
१ नम्बर वडाबाट एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवारलाई हराउँदै वडाध्यक्षमा फर्सुराम गिरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वीलाई १५६ मतले पछि पार्दै १ हजार ९ मतका साथ जितेका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोबनसिंह ठकुरीको १ हजार ४४३ मत प्राप्त भएको छ । वडामा कूल ४ हजार ७७ मत खसेको थियो ।