१२ असार २०८३, शुक्रबार

खसेको भन्दा बढी मतपत्र भेटिएपछि नगराइन नगरपालिकाको मतगणना स्थगित

खसेको भन्दा बढी मतपत्र भेटिएपछि नगराइन नगरपालिकाको मतगणना स्थगित

धनुषाको नगराइन नगरपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना कार्य स्थगित भएको छ ।

केही मतपत्रमा मतदान अधिकृतको दस्तखत नभएको तथा केही मतदानस्थलमा खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । 

लोकतान्त्रिक समाजवादी पार्टीका मेयर उम्मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत सुदिप दंगालले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्