
कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नवराज ओझा विजयी भएका छन् ।
५ हजार ७४९ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गी माया गुरुङले ४ हजार १३७ मत ल्याएकी थिइन् ।
राष्ट्रिय जनमोर्चाका सोमनाथ अधिकारीले २१ मत ल्याए ।
उपाध्यक्षमा पनि नेकपा एमालेकी लालसुवा गुरुङले ५ हजार ४४५ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारायणकुमार श्रेष्ठले ४ हजार ३७० मत ल्याए ।