२७ असार २०८३, शनिबार

एमालेको अवरोधले रोकियो मोरङ बुढीगंगाको मतगणना

एमालेको अवरोधले रोकियो मोरङ बुढीगंगाको मतगणना

मोरङको बूढीगंगा गाउँपालिकामा मतगणना रोकिएको छ । एमालेले बूढीगंगा गाउँपालिका-४ मा पुनः मतगणना हुनुपर्ने माग  गरेको छ । 

आइतवार राति सार्वजानिक भएको अन्तिम मत परिणामअनुसार बूढीगंगा-४ मा कांग्रेसका उम्मेदवार शशिकान्त चौधरीले ११ मतान्तरले वडाध्यक्षमा जितेका थिए । चौधरीले ८१९ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार सागर बरालले ८०८ मत पाएका थिए । 

४ नं. वडामा १३ मत हराएको भन्दै एमालले पुनः मतगणना हुनुपर्ने अडान राख्दै मतगणना स्थलबाहिर होहल्ला गरेपछि गणना रोकिएको हो । मतगणना स्थलबाहिर होहल्ला भएपछि गणना रोकिएको निर्वाचन अधिकृत मणिराम पोखरेलले बताए । 

अन्तिम मत परिणाम आइसकेको स्थानमा कुनै पनि हालमा पुनः गणना नहुने उनले बताए । ‘हामीले सबै दलका प्रतिनिधिहरूलाई राखेर गणना गरिएको हो,’ उनले भने, ‘अहिले आएर पुनः गणना गर्न सकिँदैन ।’ 

आइतवार एमालेले गाउँपालिका अध्यक्षमा सात सय मतले अग्रता लिएको थियो । सोमवार त्यो अग्रता घट्दै गएपछि विवाद झिकेको गणनामा सहभागी एक नेताले जानकारी दिए । 

बूढीगंगा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार बलभद्र सारदार थारुले ४ हजार ३९० मत ल्याएर अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार जितनारायण थापा मगर ३ हजार ९५३ मत ल्याएका छन् । 

माओवादी केन्द्रका उम्मेदवार ईश्वरीप्रसाद आचार्य १ हजार १०६ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृताकुमारी गच्छदारले ४ हजार १८४ मत ल्याएर अगाडि छिन् । एमालेकी उम्मेदवार तुलसीकुमारी कुँवरले ३ हजार ७५३ मत र एकीकृत समाजवादीका माधवकाजी घिमिरेले ६३९ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्