
विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत अपडेटअनुसार कोइरालाले ६ हजार ३४३ मतसहित अग्रता कायम गरेका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ४ हजार ८३३ मत ल्याएका छन् ।
उनीहरूबीचको मतान्तर १ हजार ५१० छ ।
यस्तै राप्रपाका प्रह्लाद शाहले १ हजार १४६ मत ल्याउँदा स्वतन्त्रतर्फका उम्मेदवार उमेश यादवले २ हजार ३१ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी शिल्पा कार्कीले ५ हजार ४९८ मत ल्याएका छिन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अर्मेन्द्र यादवले ३ हजार ५७७ मत ल्याएका छन् ।