
संखुवासभाको पाँचखपन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विपीन राई विजयी भएका छन् ।
कूल ४ हजार ७८८ मत ल्याएर राई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिन्दुकुमार राईले ३ हजार ४३७ मत पाएका छन् ।
उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ ३ हजार ८३४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी अनिता न्यौपानेले ३ हजार ४८७ मत पाएकी छन् ।